कोरोना भाइरस न्युनीकरण गर्न हङकङ सरकारले भोलिबाट विशेष व्यवस्था लागू गर्ने…!

हङकङ सरकारले वुहान कोरोना भाइरस महामारी जोखिम न्युनीकरण गर्न भोलि २९ जनवरीबाट विशेष कार्य व्यवस्था लागू गर्ने घोषणा गरेको छ ।
चाइनिज न्यु इयर “लुनार” आजबाट सकिदैछ। भोलिबाट सरकारी कार्यलय तथा काम काजहरु सुरु हुने भए पनि आपतकालीन र आवश्यक सार्वजनिक सेवाहरु प्रदान गर्नेहरु बाहेक सरकारी कर्मचारीहरुले सुरक्षाको कारण अफिस जानु नपर्ने तर घरमै बसेर काम गर्नु पर्ने सुचना जारी गरेको छ। प्रवक्ताले जारी गरे अनुसार सरकारले अर्को सुचना जारी नगरुन्जेल अस्थायी रुपमा अर्को महिनासम्म रहने बताइएको छ ।
साथै हङकङको सम्पूर्ण पब्लिक खेल मैदान, कल्चरल सेन्टर, म्युजियम,पब्लिक लाइवेरी, म्युजिक सेन्टर , सार्वजनिक क्याम्प, पार्क तथा शैक्षिक विद्यालयहरु लगायत सम्पूर्ण एक्टिभिटी सेन्टरहरु भोलिबाट पूर्णरुपमा बन्द हुने घोषणा गरेको छ । साथै टिकट लिइसकेको ब्यक्तिहरुको पैसा फिर्ता गर्ने प्रावधान मिलाइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *