इलिमेन्ट्सको रेस्टुरेन्टमा छुरा प्रहार…

आज दिउँसो २ बजेतिर लन्च टाइममा अस्टिनमा रहेको इलिमेन्ट्सको खुल्ला छतमा रहेको रेस्टुरेन्टमा एक ब्यापारीमाथि छुरा प्रहार गरिएको छ ।

साथीसँग लन्च खाइरहेको बेलामा मास्क लाएका दुई ब्यक्ति आएर पीडितलाई छुरा प्रहार गरेको बताइन्छ । आक्रमणकारीहरु आक्रमण लगत्तै हाइ स्पीड ट्रेन स्टेसनतिर भागेको बताइन्छ । पीडितको हात र ढाडमा चोट लागेको बताइन्छ , उनलाई क्विन एलिजाबेथ अस्पताल लगियो ।

हालसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन, आर्थिक लेनदेनको मामिलामा हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *