आन्दोलनकारीसँग साँठगाँठ राखेको आशंकामा पुलिस सुपरिटेन्डेन्ट निलम्बित

पुलिस कार्यवाहीको जानकारी आन्दोलनकारीलाई दिइएको आशंकामा पहिलो पटक एक प्रहरी सहायकलाई निलम्बन गरिएको छ । ३१ डिसेम्बरको साँझ मंकोकमा पुलिस सुपरिटेन्डेन्टको जिम्मेवारीका साथ पुलिस स्टेसन सुरक्षाको लागि तैनाथ लो थरका ४८ वर्षे उनले आन्दोलनकारीलाई पुलिसको कार्यवाही रणनीति चुहाएको आशंका गरिएको छ ।

३१ डिसेम्बरको साँझ मंकोकमा दर्जनौं प्रहरीहरु आन्दोलनकारी विरुध्द कार्यवाहीको तैयारी गरिरहेको फोटो क्याप्सन सहित टेलिग्राम च्याटमा छरिएको थियो । उक्त फोटो मंकोक स्टेसनको छतबाट लिइएको अनुमान गरिएको छ , क्याप्सन यस्तो रहेको बताइएको छ , “एक प्रहरी सहायक साथीले दिएको जानकारी अनुसार प्रहरी जवानहरुलाई तोङ मेइड रोड, मंकोक रोड, नाथन रोड र प्रिन्स एडवार्ड रोडमा आन्दोलनकारीहरुलाई घेरा हालेर पक्राउ गरी हुङ होम पुलिस स्टेसन लगिने योजना रहेको छ। यो सन्देश १००% साँचो हो, उसले यो सन्देश पुलिस वाकीटाकीमा सुनेको हो”।

निलम्बित लो ले आफूले फोटो खिचेको स्वीकार गरे पनि प्रहरी रणनीति बारे कसैलाई जानकारी नदिएको बताएका छन् भने प्रहरी प्रवक्ताले छानबिन चलिरहेको बताएका छन् । पार्ट टाइम प्रहरी काम गर्ने लो अस्पताल प्रशासनमा कार्यरत बताइन्छ । हङकङमा ३१ हजार प्रहरीलाई सहयोग गर्ने हेतुले ३ हजार स्वयंसेवकलाई पार्ट टाइम सहायक प्रहरीको रुपमा भर्ती गरेको बताइन्छ । मुख्यतय उनीहरुलाई भीड ब्यवस्थापनको लागि खटाइए पनि हातहतियार र युनिफर्म प्रहरीकै दिइने गरेको बताइन्छ । फरक मात्र उनीहरुको काँधमा रहेको ब्याजमा A (Auxillary) लेखिने बताइन्छ । सजिलोमा बुझ्दा नेपालको ‘म्यादी प्रहरी’ जस्तो रहेछन् ।

प्रहरीमा कार्यरत युवाहरु पनि आन्दोलनकारीको सहयोगमा सरिक भएको भिडियो साउथ चाइना मर्निङ् पोस्टले छापेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *