नयाँ हङकङ आइ डी कसरी लिने?

पुन : जानकारीको लागि :-

हङकङ सरकारले परिवर्तन गर्न सुचित 1985 र 1986 मा जन्म मिति भएका आइ डी वाहकको लागि नयाँ स्मार्ट आइ कार्ड बनाउने मिति  जनवरी २१ बाट सुरु भइ मार्च ३० सम्म हुनेछ ।

 

कार्ड फेर्न कहाँ कहाँ जान सकिन्छ?

बिहान ८ बजेबाट राति १० बजे सम्म ( विदाका दिन बाहेक ) तोकिएको केन्द्रहरु संचालनमा हुनेछन् । आफूलाई पायक पर्ने ठाउँ हेर्न  यहाँ क्लिक गर्नुहोस् 

एपोइन्टमेन्ट बुकिङ कसरी गर्ने?

इमिग्रेसन डिपार्टमेन्टले सजिलो र छिटोको लागि प्रदान गरेको माध्यमहरु मार्फत  २४  दिन पछाडि सम्मको एपोइन्टमेन्ट बुकिङ गराउन सक्नुहुनेछ ।

१.  २४ घन्टे हटलाइन फोन कलबाट पनि एपोइन्टमेन्ट लिन सक्नु हुनेछ ।
जसको लागि हट लाइन नम्बर :- 21211234 रहेको छ।

१. अनलाइन  एपोइन्टमेन्ट लिन या क्यान्सिल गर्नको  लागि यहाँ क्लिक गर्नुहोस्

२.  यहाँ क्लिक गरी मोबाइल एप्स डाउनलोड गरेर पनि बुकिङ गर्न सक्नुहुनेछ

एपोइन्टमेन्ट लिएको दिन के कागजात लिएर जाने?

१. पर्मानेन्ट आइ डी कार्ड
वा
२. “***”तीन तारा वा एकतारा भएको आई डी कार्ड “*”
वा
३. १ जनवरी १९९९ पछि जारी गरिएको ‘R’ सिम्बोल भएको आइडी कार्ड

डिपेन्डेन्ट वा माथि उल्लेखित वर्गमा नपरेकाले भिसा टाँस गरिएको पासपोर्ट लिएर जानुपर्नेछ।

विस्तृत जानकारीको लागि बिहान ७ देखि राति ११ बजेसम्म यो फोन नम्बरमा फोन गरेर जानकारी लिन सक्नुहुनेछ , फोन – 3128 8668

कति समय लाग्छ?

तोकिएको केन्द्रमा एपोइन्टमेन्ट लिएर गई फोटो खिचाई, औंठा छाप  दिई आवश्यकीय कार्यवाही गरेपछि २ हप्तामा नयाँ आइ डी पाउन सकिन्छ ।

 

मेरो पालो कहिले आउँछ?

हाल सम्म १९८५-८६ सालमा र १९६८-६९ सालमा जन्म मिति परेकाहरुकोे लागि मिति तय गरिएको छ

2 1985 or 1986 21 January 2019 ( Monday ) – 30 March 2019 ( Saturday )
3 1968 or 1969 1 April 2019 ( Monday ) – 1 June 2019 ( Saturday )

अरुको निश्चित मिति तय नभए पनि संभावित मिति थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

 

 

Posted in Hong Kong, News | Leave a comment

सरकारले मायाले दिएको ४ हजार डलर कसरी लिने?

सेयरिङ एन्ड केयरिङ् ( ‘माया गर्ने र माया बाँड्ने योजना’) योजना अन्तर्गत हङकङ सरकारले संचित पूँजीबाट केही रकम आम नागरिकहरुलाई बाँड्ने भएको छ। र, त्यसको लागि फाराम वितरण सुरु भएको छ। Continue reading

Posted in Hong Kong, News | Leave a comment

मिरामार होटलको झ्याल खसेर १ महिलाको मृत्यु! !

आज सोमबार  बिहान मेन्लैन्डबाट ब्वाईफ्रेन्डसँग हङकङ घुम्न आएको एक २५ बर्षिय महिलाको चिम शा चुईको “मिरामार होटल” अगाडि नाथनरोडमा हिँडिरहेको बेला होटलको १६ तलाको झ्याल खसेर टाउकोमा लागि मृत्यु भएको छ ।
भरखरै हङकङ आइपुगेर हिँडिरहेका उनलाई  १०:३० बजे अचानक माथिबाट १३० बाई ४४ सेन्टिमिटरको सिसाको झ्याल खसेर टाउकोमा लागि भुँइमा ढलि कोमामा पुगेको थिइन् ! एम्बेलेन्सले तत्कालै क्वीन एलिजाबेथ हस्पिटल याउ मा तेई पुर्याए पनि उनलाई १२: १६ बजे मृत घोषित गरेको थियो भने घटनाको प्रहरी अनुसन्धानमा झ्याल खस्नु भन्दा केही अगाडि मात्र क्लिनरले सफा गरेको र उनले बन्द नगेको कारण खसेको हुन सक्ने आशंका गर्दै क्लिनर ३८ बर्षिय महिलालाई गिरफ्तार गरि अनुसन्धानको लागि प्रहरी हिरासतमा लिइएको छ।
उक्त झ्याल चाबीले मात्र खोल्न सकिने हुनाले होटलमा बसेको गेष्टहरुमा कुनै शंका नभइ होटल स्टाफ नै जिम्मेवार रहेको पनि जनाइएको छ।
होटलले मृत महिला प्रति दुख ब्यक्त गर्दै परिवारलाई आवश्यक सहयोग  गर्न मञ्जुर रहेको बताइएको छ।

हत्तेरी ! “दशा बाजा बजाएर आउदैन” भन्छन् , हो रहेछ हगि ..?हार्दिक समवेदना !!

Posted in Hong Kong, News | Leave a comment

चुनमुन रिवर ट्रेड टर्मिनलको गोदाममा आगलागि !

हङकङ ,चुनमुन रिवर ट्रेड टर्मिनलमा रहेको गोदाममा आज आईतवार बिहान ०४:३५ बजे लागेको आगो दिउँसो ०१:३४ बजे करिब ९ घन्टा पछि नियन्त्रण  गरिएको समाचार छ ।
गोदाममा बिहान अचानक  आगो लागे पछि अलार्मद्वारा प्रहरी तथा फायर फाईटरहरुलाई खबर पुगेको थियो । आगो सुरु भएको ११ मिनेटमा दमकल सहित फायर फाइटरहरु पुगे पनि आगो नियन्त्र हुन नसके पछि थप बलको लागि सुरक्षा तथा आगो नियन्त्रणको विभिन्न उपकरण सहित १० वटा दमकल ४ एम्बुलेन्स साथै फायर फाइटर र सर्च उद्धार टिम लगायतको २०० भन्दा धेरै उद्धार टोली खटिएका थिए ।
करिब २०० मिटर लम्बाइ र ८० मिटर जति चौडाइ रहेको क्षेत्रफलमा फैलिएको आगलागीबाट मानवीय क्षति नभएको र उक्त गोदाममा ठूलो परिमाणमा इलेक्ट्रोनिक सामान तथा जुत्ता कपडा रहेको  थियो भने , आगो लाग्नुको कारण  अनुसन्धान भइरहेको जनाइएको छ ।

Posted in Hong Kong, News | Leave a comment

हङकङका नर्सहरु हड्तालमा जाने

सरकारी अस्पतालहरुमा फ्लुले गर्दा बिरामीको चाप बढ्दा पनि सरकारले यथोचित ब्यवस्था नगरेको भन्दै आइतबार हङकङका नर्सहरु विरोधमा उत्रने भएका छन् । Continue reading

Posted in Hong Kong, News | Leave a comment

स्कुल बसद्वारा सहायिका मृत्युु !

आज दिउँसो करिब १२:३५ बजे हङकङ वोङ चुङ हेंग स्थित “सेंट पौल को-एजुकेसनल प्राइमरी स्कुल” बसको ठक्करले एक ५० बर्षीय महिला बस सहायिकाको मृत्युु भएको समाचार छ ।
६० बर्षीय पुरुष चालक रहेको उक्त स्कुल बसले ठक्कर दिई बसको मुनि च्याप्पिएकी थिइन् । प्रहरी तथा फायर फाइटरले तत्तकाल उद्धार गरे पनि उनको टाउकोमा गम्भीर चोट लागेको कारण मृत्युु भईसकेको जनाइएको छ। प्रहरी प्रवक्ताको अनुसार प्रहरी अनुसन्धानमा चालकले “मा प से” नगरेको प्रमाणित गरेको समाचार छ ।

हङकङमा गत महिना बस गुडेर हुने दुर्घटना लगातर जस्तै भएको थियो !
फेरि शरीरमाथि नै बस गुड्ने दुर्घटना लगातार हुन लाग्यो !
हत्तेरीका प्रिय पाठकहरु ! बाटो काट्दा सावधानी अपनाउनु होला !अस्तिको दिन मात्र १२ बर्षे बालक के एम बि को चक्का मुनि परि मृत्यु भएको थियो..

Posted in Hong Kong, News | Leave a comment

KMB को ठक्करले बालकको मृत्यू !

 

हिजो बेलुकी करिब ८ बजे कुन तोङको ट्राफिक रोड क्रसमा एक १२ बर्षीय बालकको “16M” KMB डबल डेकर बसको ठक्करबाट मृत्युु भएको छ ।
एक विदेशी हेल्फरको साथ हिडिरहेका बालक रातो बत्ति बलेेेको बेला अचानक कुदेर रोड क्रस गर्न लाग्दा उनी दुुर्घटना परेका हुन् ।  “कुन तोङ एम टि आर स्टेसन र लाम तीन होङ” चल्ने उक्त बसको चालक ५६ बर्षीय योङका अनुसार गुडिरहेको बसको मुनि अचानक बालक पसिगए पछि उनले तुरुन्तै बस रोकेर प्रहरी तथा एम्बुलेन्सलाई खबर गरेका थिए ।

बसको ठक्करले टाउकोमा गम्भीर चोट लागि कोमामा पुगेका उनलाई बसको मुनिबाट प्रहरी तथा फायर फाइटरले निकालेर एम्बुलेन्समा तुरुन्तै हस्पिटल पुर्याइएको थियो । हस्पिटलले उनलाई तत्काल मृत घोषित गरेको थियो । यस दुर्घटना प्रति गम्भीरता देखाउँदै आउने दिनहरुमा ट्राफिक दुर्घटना हुन नदिनको निम्ति आज बिहानैबाट पब्लिक, पत्रकार , ट्राफिक तथा कुन तोङ जिल्ला विधान परिषदका कार्यकर्ताहरु लगायतको घटना स्थलको निरिक्षण तथा अनुसन्धान सहित छलफल भएको जनाइएको छ ।

 

Posted in Hong Kong, News | Leave a comment

एम टि आर मा आगो लाउने पक्राउ !

 


हिजो बिहान करिव ९ बजे मंकक स्टेसन Exit- E को टिकट भेन्डिङ मेशीन नजिकै आगो लागेको थियो ।आगो लागेको कारण यात्रुहरु हताहत भए पनि कुनै घटना भएको थिएन । आगो लागेको खबर पछि तत्काल प्रहरी तथा फायर फाइटर पुग्दा स्टेसन कन्ट्रोल रुम स्टाफले आगो नियन्त्रण गरिसकेका थिए ।
प्रहरी सोधपुछमा एक प्रत्यक्षदर्शीले भनेका थिए , कि “एकनजा मान्छे त्यहाँ उभिएको थियो , भुँइमा पिसाब जस्तो तरल पदार्थ थियो , उसले पिसाब फेरेछ भनेको त केही छिनमै आगो लाग्यो ..! ? ”
घटना शंकास्पद भएले प्रहरीको व्यापक सि सि टि भी फुटेज अनुसन्धान पछि संलग्न ब्यक्तिलाई आज बेलुकी भरखरै चेङ शा वान स्थित याङ जिन हाउसबाट पक्राउ गरिएको समाचार छ बिस्तृत विवरण प्रहरीले दिन बांकी छ ।

– पिसाब फेरे कि, के फेरेछन् ? प्रहरीले पत्तो लाउलान् हगि ?

Posted in Hong Kong, News | Leave a comment

घोडे दौडमा ३ जना अस्पताल ,१ कोमामा


आज भएको “हङकङ स्ट्रिट होर्स २०१९” दौड प्रतियोगितामा ३ जना धावकहरु अस्पतालमा भर्ना भएको समाचार छ । जस मध्येका २३ बर्षे युवा धावक काइ तक टर्नेल नेर पुग्दा अचानक घाइते भइ कोमामा पुगेका थिए । उनलाई तत्काल सेंट जोन एम्बुलेन्स स्टाफको प्राथमिक उपचार पछि क्वीन एलिजा बेथ हस्पिटल लगिएको छ ।
यसैगरी अर्का २८ बर्ष धावक अन्तिम बिन्दु पुग्न लाग्दा भन्दा घुँडामा चोट लागि अचेत भएका थिए , उनलाई पनि आपत्कालिन उपचार पछि हस्पिटल लगिएको छ ।
आपत्कालिन उपचारको लागि एम्बुलेन्स तथा खानापिनको व्यवस्थापन सहित भएको “स्ट्रिट होर्स” का मुख्य कार्यकारी तथा सह संस्थापक लियाङ बक्सिङले भने , “यसपटक सामन्यतया ६४ जना धावकहरु घाइते भएपनि ३ जनालाई मात्र उपचारको लागि अस्पताल लग्नु परेको छ, बांकी सामन्य रहेको छन् । उनले भने समग्रमा मौषम अनुकूल थियो धावकहरु उत्सुक थिए, हङकङमा हरेक बर्ष रमाइलो गरि गरिने दौड संस्कृतिको रुपमा आयोजना गरिन्छ ।

– घोडेे दौडका घाईतेलाई शिघ्र स्वास्थ्य लाभ होस् – हत्तेरी

Posted in Hong Kong, News | Leave a comment

पार्टनलिटी लिभ “सुत्केरो छुट्टी” थप ..!

हङकङ सरकारले दिने  ३ दिने  ( पाटर्निटी लिभ )   “बाउ बन्ने बिदा”  ( अथवा सुत्केरो बिदा ) जनवरी  १८ बाट ५ दिन दिने  घोषणा गरेको छ । Continue reading

Posted in Hong Kong, News | Leave a comment